काठमाडौं । देशका विभिन्न स्थानमा ट जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ सेमरास्थित कुलोमा सोही नगरपालिका-७ दक्षिणटोला बस्ने ४२ वर्षीय किरण थारू आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१२ स्थित नारायणी नदी किनारमा अन्दाजी १० वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ चौरीडाँडा बस्ने लाल बहादुर घिसिङको छोरा १२ वर्षीय मिलन घिसिङ पनि सोही ठाउँस्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवास्थित गुल्मेली थापा होटेलमा काम गरी बस्ने इलाम घर बताउने ६५ वर्षीय भीम बहादुर गुरूङ सोही होटलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित घट्टेखोलामा सुनकोशी गाउँपालिका-१० कटुञ्जे स्थित ससुराली घरमा बस्ने रोल्पा घर भएका ६२ वर्षीय चुकेन्द्र बुढा मगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा पनि मृत अवस्थामा फेला गरेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
