• Monday 26th of October 2026

आफ्ना सांसदलाई एमालेले आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ ।

एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।

‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ’, एक सांसदले भने, ‘छलफलको विषय जानकारी गराइएको छैन ।’

संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा छलफल गर्न लागिएको हुनसक्ने केही सांसदको अनुमान छ ।

‘साढे १० बजे आइसक्नु भनिएको छ । विधेयकहरूका बारेमा छलफल हुनसक्छ’, ती सांसदको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖