• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एक महिला मृत फेला


  • धनकुटा खबर
  • .

बैतडीमा एक जना महिला मृत फेला परेकी छन्।

पुर्चौडी नगरपालिका-१० विजयपुरकी २४ वर्षीया भागरथी कुँवर मृत फेला परेकी हुन्। उनी आइतबार बेलुकी आफ्नो कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी हुन्।

सँगै अर्को कोठामा बस्नेले बेलुकी बोलाउँदा नबोलेपछि कोठा खोल्ने प्रयास गरेकी थिइन्। तर नखोलेपछि घरबेटीलाई बोलाइएको थियो।

ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार कुँवरको गत वैशाखमा मात्रै प्रेम विवाह भएको थियो। श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖