• Monday 26th of October 2026

किन पुगिन् कांग्रेस संसदीय दलको कार्यालय रञ्जिता


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय पुगेकी छन् ।

सिंहदरबारस्थित कांग्रेस दलको कार्यालयमा केही बेर अघि पुगेकी अध्यक्ष श्रेष्ठ र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेबिच छलफल भएको हो ।

उपसभामुख रानालाई हटाउन कांग्रेस एमालेसँगमात्रै दुई तिहाइ नपुग्ने भएपछि श्रेष्ठसँग कांग्रेसले सहयोग माग्न लागेको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖