काठमाडौ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयोजनका लागि भएको हस्ताक्षरमा नेपाली कांग्रेस विभाजित भएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक जनामात्रै सांसदले हस्ताक्षर गरेका छन् । कोइरालाको पक्षबाट सांसद दिलेन्द्र बडुलेमात्रै हस्ताक्षर गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेको उनी पक्षधरका नेताहरूले बताउँदै आएका छन् ।
मंगलबार भएको हस्ताक्षरमा बडूमात्रै उपस्थित भएका हुन् । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलबार हस्ताक्षर गरेनन् ।
