• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वश्रीमती बलात्कार गरेको आरोपमा इन्स्पेक्टर गुरुङ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ : पूर्वश्रीमतीलाई बलात्कार र कुटपिट गरेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ पक्राउ परेका छन्।ललितपुर प्रहरीले मङ्गलवार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

आइतबार पीडित पूर्वश्रीमतीले जाहेरी दिएपछि प्रहरी सक्रिय भएको थियो।
जाहेरीमा गुरुङले केही दिनअघि आफ्नै पूर्वश्रीमतीको घरमा गएर झगडा गर्दै कुटपिट मात्र नभई बलात्कारसमेत गरेको उल्लेख छ।

घटनाबारे थप अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतले उनलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।

तर, इन्स्पेक्टर गुरुङले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै बच्चा भेट्न जाँदा सामान्य विवाद भएको र त्यसलाई आधारहीन रूपमा उजुरी दिएको दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖