• Monday 26th of October 2026

“हटसिट”को त्यो क्षण : जब शब्दभन्दा अगाडि भावना आए


  • धनकुटा खबर
  • .

काठमाडौ । देशको राजनीतिमा निराशा र असहजता बढ्दै गएको यो समय, एक अन्तर्वार्ताले आशाको सञ्चार गर्‍यो।

चर्चित पत्रकार जगदीश खरेल, जो नेपाली पत्रकारिताका कठोर यथार्थवादी मानिन्छन्, उनी भावुक बने त्यो पनि अन्तर्वार्ताको अन्त्यमा। त्यो कुनै सामान्य साक्षात्कार थिएन, त्यो एक पीढी र दृष्टिकोणबीचको गहिरो संवाद थियो।

साथमा थिए युवा सांसद सुहाङ नेम्वाङ, स्वर्गीय नेता सुवास नेम्वाङका सुपुत्र। एमालेको नेतृत्वमा रहे पनि, उनको व्यक्तित्व, व्यवहार र कार्यशैलीले उनलाई सबै पार्टीका युवाबीच पनि एक असाधारण छवि दिलाएको छ।

उनीमा देखिएको संयमता, शालीनता र गम्भीरता शायद पत्रकार खरेललाई पनि छोएको थियो। “महत्वपूर्ण समय दिनुभो माननीयज्यू, एकदमै खुसी लाग्यो आज हामीले चाहिँ आशाका कुराहरू गर्यौं,” खरेलले भावनामा बोल्दै भने, “केही देश बन्न सक्छन् कि बनाउन सकिन्छ कि भनेर अन्तरंग कुराकानी गर्यौं।

तपाईंले आफ्नो जीवनको जे लक्ष्य राख्नुभएको छ, त्यो पुरा होस्।” यसै वाक्यसँगै उनको स्वर भावनाले भरिएको थियो।

त्यो भावुकता केवल व्यक्तिगत प्रतिक्रिया थिएन, त्यो एक पत्रकारको देशप्रतिको प्रेम, राजनीतिक शुद्धता प्रतिको आकांक्षा र युवा पुस्तासँग गाँसिएको आशाको प्रतिबिम्ब थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖