• Monday 26th of October 2026

प्रचण्डसँग रविले भने : मैले कुनै कसुर गरेको छैन, कांग्रेस–एमालेले सुनियोजित रूपमा फसाए


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई भेट्न बुधबार साँझ प्रचण्ड ललितपुरस्थित नख्खु कारागार पुगेका थिए ।

भेटका क्रममा प्रचण्डसँग लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई सुनियोजित रूपमा फसाएको बताए । यस्तै भेटमा लामिछानेले कुनै पनि कसुर नगरी फसाइएकाले आफू र आफ्नो पार्टीलाई फाइदा नै भइरहेको पनि बताए ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार लामिछानेले प्रचण्डलाई एमाले र कांग्रेस जस्तो नभएको बताएका थिए ।नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढिरहेको समेत लामिछानेले बताएको स्वकीय सचिव आचार्यले जानकारी दिए ।

भेटवार्तामा प्रचण्डले लामिछानेको स्वास्थ्य लाभको कामना गर्दै रास्वपासँग सहकार्य भइरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖