• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

५० किलोको युरिया मलको बोरामा साढे ४ किलोको ढुङ्गा भेटिएपछि…


  • धनकुटा खबर
  • .

बर्दघाट (नवलपरासी) ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ मा किसानले पाएको युरिया मलभित्र ढुङ्गा वा सिमेन्टको पिल्लर जस्तो देखिने ठुलो ठोस वस्तु भेटिएको छ।

दाउन्नेदेवी साना किसान सहकारीमार्फत बुधबार वितरण गरिएको मल खोल्दा यस्तो वस्तु भेटिएको हो। सहकारीले ५० किलोको एक बोरा मल तीन जनाबीच भाग लगाएको थियो।

स्थानीय किसानले घरमा बोरा खोलेर हेर्दा करिब साढे ४ किलो तौल भएको ठोस वस्तु भेटिएको किसान मानबहादुर ढकालले जानकारी दिए। उनका अनुसार एक किसानको भागमा करिब १६ किलो युरिया पर्ने भए पनि उक्त वस्तुले नै ठूलो भाग ओगटेको थियो।

“सानोतिनो केही फोहर भेटिनु त स्वाभाविक हो तर त्यत्रो ठूलो ढुङ्गा/पिल्लर जस्तो वस्तु भेटिनु अचम्मको कुरा हो,” ढकालले भने, “मल लिन बिहान २ बजेदेखि लाइन बसेको, अन्ततः उपहारमा ढुङ्गा पाइयो।”

उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडमार्फत स्थानीय तहलाई उपलब्ध गराइएको हो। किसानहरूले ठोस वस्तुको तौल कटाएर बाँकी मल तीन जनाबीच बाँडेका छन्।

यस घटनाले मल वितरणमा देखिएको लापरबाहीबारे किसानले असन्तोष व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖