काठमाडौँ । लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले शिक्षा विधेयकमा उल्लेखित ‘शिक्षकले बहुविवाह गर्न नहुने’ भन्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् ।
विधेयकको परिच्छेद ८ मा रहेको ‘सार्वजनिक विद्यालयका शिक्षकको आचरण’मा बहुविवाह गर्न नहुने व्यवस्था भएकाले त्यसलाई राख्न उचित नभएको उनको भनाइ थियो ।
‘बहुविवाह गर्न नहुने भन्ने जुन शीर्षक छ, त्यसलाई हटाउँदा हुन्छ’, उनले भने, ‘यो त शिक्षकले मात्र गर्न नहुने, अरूले गर्न हुने भन्नेचाहिँ अर्थ लाग्दोरहेछ । यो सबैको हकमा लागू हुने भएकाले शिक्षकलाई लक्षित गरेरमात्रै हुने भएकाले हटाउँदा राम्रो हुने बताए ।
यसअघि शिक्षक संघले पनि यसमा आपत्ति जनाइसकेको धारणा समेत राखे ।
