• Monday 26th of October 2026

माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता हानियो, ८ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत र चीनबिच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आपत्ति जनाएका थिए ।

त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

युवाहरूले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको आरोप लगाएका थिए । उनीहरूले सरकारलाई ठोस कूटनीतिक पहल गर्न आग्रह गर्दै नारा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖