• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नयाँ बानेश्वरबाट वसन्त कार्की पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । वैदेशिक रोजगारीका नाममा युवाहरूलाई युके पठाइदिने प्रलोभन देखाई ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कार्की ईडीयू सर्च नेपाल नामक संस्थाका सञ्चालक हुन् । उनले हालसम्म कम्तीमा ८ जना युवाबाट ४३ लाख रुपैयाँ उठाएको पाइएको छ ।

प्रहरीले पक्राउ परेका कार्कीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖