• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी रातभरि सुटकेस रूँगेर बस्यो, बिहान भेटियो महिलाको शव


  • धनकुटा खबर
  • .

रौतहटमा सुटकेशभित्र राखिएको अवस्थामा महिलाको शव फेला परेको छ।
शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि रातभरि प्रहरीले रुँगेर बसेको थियो।

‘शंकास्पद भएका कारण तत्काल खोलिहाल्न पनि भएन। केही प्रहरीलाई रातभरि राखेर बिहानमात्रै सुटकेश खोल्यौं,’ उनले सेतोपाटीसँग भने।
बिहान आफै घटनास्थल पुगेको र सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको उनले बताए।

उनका अनुसार सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको छ। उनको नाकमा रगतका धब्बाहरू छन्। महिलाको अन्दाजी उमेर २५/२६ को जस्तो देखिने डिएसपी कार्कीले बताए।

शवको प्रकृति हेर्दा महिलाको हत्या शुक्रबार दिउँसो मात्रै भएको जस्तो देखिने पनि उनले बताए।

‘शव धेरै पुरानो जस्तो देखिँदैन। शुक्रबार दिनभरिको घटनाजस्तो देखिएको छ। यसबारे फरेन्सिक जाँच गरेपछि थप खुल्छ,’ उनले भने।

शवको पहिचान खुलिसकेको छैन। वरपरका स्थानीयहरूसँग पनि सोधपुछ भइरहेको डिएसपी कार्कीले बताए।

शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ। बाँकी अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖