• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ईभी माइक्रो यसरी खस्यो खोलामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ ।

बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖