• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ हिन्दीस्थितमा बोलेरो जिप दुर्घटना भएको छ।

शनिवार दिउँसो तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा २ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा बोलेरो चालक सर्लाहीको बरथहवा नगरपालिका २ का राजेश कुमार कुसहवा र रौतहटको बौधिमाई नगरपालिका १ का २५ वर्षीय रामप्रवेश महतो रहेका छन्।

दुर्घटनातत्कालै प्रहरी चौकी हिन्दीबाट प्रहरी निरीक्षक नवराज नेपालको कमान्डमा २ जना र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको कमान्डमा २ जना गरी ४ जना प्रहरीको टोली परिचालन गरिएको छ।

स्थानीय र सुरक्षाकर्मीले गाडी तान्ने क्रममा एक जनाको शव नदीले बगाएको थियो। अहिले दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖