• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖