• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट। रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।

जलेको अवस्थामा प्रहरीले पक्राउ गरेका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका थिए। उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

आत्मदाह गर्नु अघि बनाएको भिडियोमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖