• Monday 26th of October 2026

ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले ऐन महर उनकी श्रीमती सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् । साइबर अपराधविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बुधबार महर दम्पती प्रहरीमा उपस्थित भएका थिए ।

प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो ।

एक महिलाले उनीहरू विरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖