• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

युवतीलाई ७ सय म्यासेज पठाउने, टेम्पोमा समेत पछ्याउने शिक्षक भट्टराई प्रहरी कस्टडीमा


  • धनकुटा खबर
  • .

काठमाडौं– ‘एक युवतीलाई आफूले मन पराउने’ भन्दै सार्वजनिक यातायातमा पछ्याउनेदेखि ७ सय पटसम्म म्यासेज गर्ने शिक्षण पेशामा आवद्ध सुमित भट्टराईलाई प्रहरी कस्टडीमा राखेर अनुसन्धान गरिएको छ।

नुवाकोटको सूर्यगढी गाउँपालिका–४ हिरामुनीटार घर भएका २७ वर्षीय भट्टराई भदौ ८ मा पक्राउ गरी प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ।

तार्केश्वर नगरपालिका वडा नम्बर–१० स्थित मनमैजुमा बस्दै आएका भट्टराइले बल्खु बस्दै आएकी २० वर्षीया युवतीलाई हैरानी दिएका थिए।
उनको यस्तो हैरानी दिएको भिडिओ सामाजिक सञ्जालमा पनि पोस्ट भएको पाइएको छ।

सार्वजनिक बस र टेम्पोमा पनि लगातार पछ्याउने र म्यासेज गर्ने गरेपछि युवतीले प्रहरीमा जाहेरी दिइन्। ईसेवामा १ रुपैयाँको दरले रिचार्ज गरेर रिमार्कमा म्यासेज पठाएर उनले हैरानी पारेको पाइएको छ।

युवतीले उनीविरुद्ध सुरुमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। पछि उनलाई अभद्र व्यवाहारमा मुद्दा चलाइएको छ।

त्यसपछि उनले दरबारमार्ग र सोह्रखुट्टे वृत्तमा उजुरी गरेकी थिइन्। त्यहाँ छलफल भएपछि पनि लगातार हैरानी गरेपछि युवकविरुद्ध पीडितले प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖