काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. अरनिको पाँडेसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।
पाँडेलाई बुधवार साँझ साइबर अपराध सम्बन्धी कसुरमा साइबर ब्युरोले नियन्त्रणमा लिएको थियो । पाँडेसँग बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले बताए ।
वातावरणविद् समेत रहेका पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । उनी २०८० मा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए । पाँडेले सामाजिक सञ्जलमार्फत एक जना महिलालाई गालीगलौज गरेर विद्युतीय अपराध गरेको आरोप छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै पाँडे बुधवार साँझ साइबर ब्युरोमा उपस्थित भएसँगै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
