• Monday 26th of October 2026

रास्वपाको प्राइमरी इलेक्सन : १ हजार ५ सय ६७ मत खस्यो


  • धनकुटा खबर
  • .

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जना आकाङ्क्षीबिच गरेको प्राइमरी इलेक्सन सम्पन्न भएको छ ।

बिहीबार बिहानदेखि अनलाइनमार्फत सुरु भएको भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको रास्वपाका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिए ।

उनले निर्वाचन समितिलाई उद्धृत गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा पार्टी साधारण सदस्य र तहगत समिति गरी २ हजार ७ सय १६ मतदाता मध्ये अनलाइन भोटिङमा १ हजार ५ सय ६७ मत खसेको बताए ।

केन्द्रीय समितिले पनि मत हाल्न पाउने व्यवस्था अनुसार ६२ केन्द्रीय समितिमध्ये २७ मत खसेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖