कैलाली । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डु’बेर मृ’त्यु भयो । गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृ’त्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृ’त्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १७ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी रहेका छन् ।
चारै जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
मृ’तकमध्ये धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेव भण्डारी र जाबेज भण्डारी जुम्ल्याहा हुन् । जोयल भण्डारी र शान्ति भण्डारीको कोखबाट एकैसाथ जन्मिएका उनीहरुको जीवन पनि एकैसाथ खुटिया खोलामा अ’स्तायो ।
यो असह्य पीडाले भण्डारी परिवारमात्र होइन, पूरै धनगढी शोकमा डुबेको छ । घटनापछि स्थानीय शो’कमा डुबेका छन् ।
