काठमाडौ । पूर्व राष्ट्रपति विद्या भण्डारी शनिवार वीरगन्ज पुग्दाको दृश्यले च्यासलकोे बन्द ढोकाका कुनै अर्थ नरहेको धेरैले अनुमान गरे ।
किन कि त्यहाँ उपस्थित जनताहरूको लाइनले बताइरहेको थियो – च्यासलको ढोका बन्द भएर केही फरक पर्दैन, भण्डारीका लागि जनताको ढोका सधैँ खुल्ला छ।
च्यासलमा पूर्व राष्ट्रपति भण्डारीलाई ढोका बन्द गरेको झन्डै एक महिना पछि उनी पहिलो पटक शनिवार काठमाडौं बाहिर पुगेकी हुन् ।
उनलाई हजारौँ नेता तथा कार्यकता लगायत सर्व साधरणले स्वागत गरेका थिए।
