• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुई दिन सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

धनगढी, भदौ १४ गते । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन भदौ १६ गते गौरा पर्वको बिदा रहेको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ । यस प्रदेशमा बिहीबारदेखि गौरा पर्व मनाइँदै छ ।

पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमीको अवसर पारेर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । गौरा पर्व मनाउनेलाई सो दिन बिदा हुने छ । -अविनाश चौधरी/गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖