• Monday 26th of October 2026

लिपुलेक विषयमा ओलीको चीनलाई कडा सन्देश


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति स्पष्ट असन्तुष्टि व्यक्त गरेका छन्।

चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले नेपालको अभिन्न भूभाग लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति अस्वीकार्य रहेको बताएका हुन्।

उनले ऐतिहासिक दस्तावेज र सन्धि सम्झौताले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हिस्सा भएको स्मरण गराउँदै सार्वभौमिकताको मामिलामा देश सानो–ठूलो नभई समान हुने धारणा व्यक्त गरे।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले दुई देशले नेपालको जानकारी र सहमति विना यस्तो सम्झौता गर्नु अस्वीकार्य रहेको प्रष्ट शब्दमा उल्लेख गरे। भेटमा ओलीले चीनलाई नेपालको संवेदनशीलता बुझेर यस विषयमा सहयोग गर्ने अपेक्षा पनि व्यक्त गरेका सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖