• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बुढानिलकण्ठबाट अनलाइन सट्टेबाजी गराएको आरोपमा ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ स्थित बुढानिलकण्ठबाट प्रहरीले अनलाइन सट्टेबाजी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । घर भाडामा लिएर आरोपीहरूले अनलाइनमार्फत जुवा खेलाएका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेका काभ्रे घर भएका २२ वर्षीय मोनिक तामाङ, धरान घर भएका २२ वर्षीय सरोज लोकान्द्री, काभ्रे तेमाल गाउँपालिका घर भएका २२ वर्षीय अजय लामा, कपन बस्ने २२ वर्षीय उसान लामा र महेन्द्रनगर घर भएका १८ वर्षीय आलोक धामी छन् ।

उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूको स्क्रिनिङ गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

घटनास्थलबाट प्रहरीले ७ थान मोबाइल सेट, ५ थान कम्युटर र एक थान ल्यापटप बरामद गरेको छ । उनीहरूले विदेशीलाई लक्षित गरेर अनलाइन सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बोहराले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖