काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्दैछन् ।
पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ ।
रास्वपाबाट रुपन्देही(३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् ।
