• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

४ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने ४८ वर्षीय लंक बहादुर घर्तिमगर सोही उपमहानगरपालिका-१८ मानपुरस्थित पानी ट्याङ्कीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, सिद्ध कुमाख गाउँपालिका-१ कुकुरेखोर बस्ने ४५ वर्षीया भिमी बुढाथोकी सोही गाउँपालिका-१ पटारेमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ छिवनीस्थित भारतीय गण्डक नहरको फलामे पुल नजिक बाटोको छेउको झाडीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २७ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

पाँचथर, हिलिहाङ गाउँपालिका-२ निगुरेपुलस्थित काबेली खोलामा याङवरक गाउँपालिका-५ याङसिङबुङ बस्ने ५५ वर्षीय जित बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖