• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

छोराले गरे आफ्नै आमाको हत्या


  • धनकुटा खबर
  • .

सिन्धुली – दुधौली नगरपालिका–१४ मा घरायसी विवादका क्रममा एक जनाले आफ्नै आमाको हत्या गरेका छन्।

आइतबार बिहान साढे ११ बजेतिर ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फालकुमारी सुनुवारलाई फलामको खन्ती प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उनले टाउको र छातीमा प्रहार गरेका थिए।

घटनापछि भाग्दै गरेका तुलाराजलाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो।

यसबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमान्डमा टोली खटाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖