चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । मोदीले एक्समा उक्त तस्बिर राख्दै ओलीसँगको भेटले हर्षित भएको लेखेका छन् । उनले नेपालसँगको सम्बन्ध र अत्यन्तै गहिरो र विशेष रहेको बताएका छन् ।