• Monday 26th of October 2026

एकीकृत समाजवादी र माओवादीबीच एकता भएमा धेरैजसो नेता एमालेमा जाने झलनाथ-घनश्याम समूहको निष्कर्ष


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदौ । नेकपा (एकीकृत समाजवादी) को असन्तुष्ट समूहको भेला शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा सम्पन्न भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट नेताहरुको सो भेलामा पूर्वमन्त्री रामकुमारी झाँक्री पनि सहभागी थिईन् ।

अध्यक्ष माधव कुमार नेपालको मनोमानीपूर्ण कार्यशैली र अहंकारी व्यवहारका कारण पार्टी विघटनउन्मुख भएको असन्तुष्ट समूहका नेताहरुको निष्कर्ष रहेको छ । अध्यक्ष नेपालले पार्टी भित्रभित्रै नेकपा (माओवादी केन्द्र) लाई बुझाउने तयारी गरेको असन्तुष्ट समूहको आशंका रहेको थियो ।

उक्त भेलामा डा.विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाही, जयन्ती राई, गरिमा शाह, स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा लक्ष्मण लम्साल, युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाहीलगायतको उपस्थिति रहेको थियो ।

भेलाले माओवादी केन्द्रसँगमात्र एकता गर्दा धेरैजसो पार्टीका नेता कार्यकर्ता एमालेमा जाने र त्यो प्रत्युत्पादक हुने निष्कर्ष निकालेको छ । एकता गर्दा साना अरू वामपन्थी दलसहित गर्नुपर्ने असन्तुष्ट समूहको निष्कर्ष छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖