• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

जनकपुरमा चल्यो गोली,एक जना घाइते


  • धनकुटा खबर
  • .

जनकपुरधाम। जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली एकजनाको खुट्टामा लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन्। उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

यस्तै झडपमा ७ जना प्रहरी र केही सर्वसाधारण समेत घाइते भएका छन्। घाइते सातजना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा हिजो झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो। त्यस क्रममा ११ सेल अश्रु ग्यास प्रहार गरिएको थियो ।

हिजैदेखि अवस्था त्यहाँको तनाव गटस्थ रहेको छ। डीएसपी सिंहका अनुसार आज दुवै पक्षका भलादमी प्रहरी प्रशासनबीच सोचोकमा रहेको दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो। सो क्रममा प्रहरीले गोली र अश्रुत ग्यास समेत प्रहार गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖