काठमाडौ । किर्तिपुरमा परीक्षाको दबाबका कारण एक विद्यार्थीले बम भएको झूटो हल्ला फैलाएको घटनामा पक्राउ परेका छन्।
परीक्षा नजिकिँदै गर्दा तयारी नगरेका ती विद्यार्थीले परीक्षा रोकाउन १०० मा फोन गरी तीनवटा विद्यालयमा बम राखिएको र दिउँसो ४ बजे विस्फोट हुने बताए। प्रहरी तत्काल घटनास्थल पुगे पनि कुनै बम फेला परेन।
झूटो हल्ला फैलाएको पुष्टि भएपछि प्रहरीले उक्त विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
