भारत । दिल्लीको रोहिणी क्षेत्रमा ३८ वर्षीय योगेश सहगलले आफ्नी सासूले नातिको जन्मदिनमा दिएको उपहार मन नपरेको कारण सामान्य विवाद हुँदा ३४ वर्षीय श्रीमती प्रिया सहगल र सासू ६३ वर्षीय कुसुम सिन्हा शनिबार दिउँसो घरमै कैँची प्रहार गरी हत्या गरेका हुन्।
नातीको जन्मदिनमा सासु ज्वाई र छोरीको घर गएका थिए। श्रीमान्–श्रीमतीबिच उपहारलाई लिएर झगडा भयो।
सासूले बच्चालाई महँगो उपहार नदिएकोमा आरोपी योगेश सहगल रिसाएको बताइएको छ।
