• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका-१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सोही नगरपालिका-१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका मोटरसाइकल चालक २१ वर्षीय तुफेल आलमको मृत्यु भएको हो । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖