• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गोरखा दुर्घटना : यी हुन् २१ जना घाइते (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ ।

उक्त अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार घाइतेमध्ये अवस्था सामान्य रहेका १७ जनाको उपचार भइरहेको छ । खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।

मंगलबार बिहान काठमाडौँबाट आरुघाटका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖