गत शनिबार बेनीबजारबाट बेपत्ता भएका युवाले प्रयोग गरेको मोटरसाइकलको ट्याङ्की बेनी नगरपालिका १ स्थित थाङ्नेबगरमा भेटिएको छ ।
बेनीबजारको कालिगण्डकी नदीमा निर्मित रिङरोडबाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त र प्रहरीको टोलीले पल्सर १५० सिसी मोटरसाइकलको ट्याङ्की फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
शनिबार राती ११ बजेदेखि बेनी नगरपालिका–६,जामुनाखर्कका हरि रिजाल र रघुगंगा गाउँपालिका–२,भगवतीका कुमार रिजार सम्पर्कविहिन हुनुभएको थियो ।
रिजालले चलाएको मोटरसाइकल रिङरोडबाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यको क्रममा नदीमा मोटरसाइकलको ट्याङ्की भेटिएको प्रहरीको भनाई छ ।
