• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अस्पतालमै मुसाले टोकेर नवजात शिशुको मृत्यु !


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको इन्दौरस्थित एक सरकारी अस्पतालमा अनौठो घटना भएको छ । जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पताल ‘एमवाई’मा मुसाले टोकेर एक जनजात शिशुको मृत्यु भएको बताइएको छ ।

अस्पताल प्रशासनले नवजात शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको भनेर मान्न नसकिने जनाए पनि उक्त घटनामा लापर्बाही गरेको भन्दै केही कर्मचारीलाई कारबाही गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भर्खरै जन्मिएको शिशुलाई आइतबार ‘एनआईसीयू’मा राखेर आवश्यक उपचार गरिएको थियो । सोही क्रममा राति मुसाले नवजात शिशुको हात–खुट्टामा टोकेको बताइएको छ ।

अस्पतालका कर्मचारीले घटनाबारे थाहा पाउनासाथ ‘एनआईसीयू’ खाली गरेर बिरामीलाई अन्यत्र सारेका थिए । उक्त घटनापछि नर्सिङ अफिसर आकांक्षा बेन्जामिन र श्वेता चौहानलाई निलम्बन गरिएको अस्पताल प्रशासनले जनाएको छ । सहायक नर्सिङ अफिसर कलावती बलावी र पेडियाट्रिक सर्जरी विभागका प्रमुख डा. मनोज जोशीसँग स्पष्टीकरण सोधिएको छ ।

अस्पतालले कीट नियन्त्रणको जिम्मेवारी सम्हाल्दै आएको एजाइल कम्पनीलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ । उक्त कम्पनीलाई यस्तै लापर्बाही गरेमा सम्झौता रद्द गर्ने चेतावनीसमेत दिइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖