• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अख्तियारको नक्कली कर्मचारी बनेर १ करोड माग्ने दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर धम्की दिई आपराधिक लाभ लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ टोखा नगरपालिका–८ बस्ने एक व्यक्तिलाई फोनमार्फत ‘तपाईंसहित तपाईँको परिवारको नागरिकता नक्कली हो, अख्तियारले अनुसन्धान गरिरहेको छ’ भन्दै डर देखाइ रकम मागिएको थियो। उनीहरूले फाइल बन्द गरिदिने नाममा एक करोड रुपैयाँ दिनुपर्ने, नत्र तुरुन्तै पक्राउ गरी जेल हाल्ने धम्की दिइरहेका थिए।

पीडितले यसबारे उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।

अनुसन्धानका क्रममा डोटी जिल्लाको शिखर नगरपालिका–९ का २७ वर्षीय लक्ष्मण पनेरु र झापा जिल्लाको हरिनगर गाउँपालिका–७ का ५४ वर्षीय विनोद साहलाई भदौ १७ गते काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकासँग विभिन्न कम्पनीका मोबाइल फोन चार थान, दुई लाख रुपैयाँ नगद र सेतो रंगको फोर्ड फिगो कार समेत बरामद गरिएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖