• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कतारमा अस्ताए मनोज, शव ल्याउन पहल नै भएन


  • धनकुटा खबर
  • .

कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ शनिबार बिदा हुने रहेछ ।

त्यो दिन साथीभाईहरुलाई खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन्”, वडा सदस्य गोलबहादुर बरामले भने, “रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ ।”

बरामको एक छोरा र एक छोरी छन् । उनको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताए । उनका बुबा र भाई शारीरिक अपाङ्ग छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖