• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

वडाध्यक्ष बराल बेपत्ता, खोजी कार्य तिब्र


  • धनकुटा खबर
  • .

कालिकोट – कालिकोटको रास्कोट नगरपालिका–८ का वडा अध्यक्ष मनिरज बराल बुधबार बिहानदेखि सम्पर्क विहीन भएका छन्। परिवारका अनुसार बिहान करिब ८ बजे आफ्नै निवासबाट वडानं. ६ लामासिङस्थित ससुराली जाने भन्दै निस्किएका थिए । तर त्यसपछि उनकाे अवस्था अत्तोपत्तो नभएको र हालसम्म कुनै जानकारी नपाइएको बताइएको छ।

घटना सार्वजनिक भएपछि वडा कार्यालयले विज्ञप्ति जारी गर्दै बरालको अवस्थाबारे जानकारी हुने व्यक्तिलाई तुरुन्तै खबर गर्न आग्रह गरेको छ। वडा कार्यालयले बराललाई छिट्टै सुरक्षित अवस्थामा फेला पार्न सबैलाई सहयोग गर्न पनि आह्वान गरेको छ।

यसैबीच स्थानीय प्रहरी प्रशासनले खोजी कार्य अघि बढाइसकेको जनाएको छ। प्रहरीले बराललाई अन्तिम पटक देखिएको स्थानको विवरण संकलन गर्दै आवश्यक अनुसन्धान प्रारम्भ गरेको जनाएको छ। “हामी परिवार र स्थानीयको सहयोगमा खोजीलाई तीव्रता दिएका छौँ,” कालिकोट प्रहरीले जनाएको छ।

बराल मिलनसार, सक्रिय र लोकप्रिय व्यक्तित्वका रूपमा परिचित रहेकाले हराएको घटनाले स्थानीयस्तरमा त्रास र अनिश्चितता बढाएको छ। सामाजिक सञ्जालमार्फत समेत धेरैले सहयोग र जानकारी दिन अपिल गरिरहेका छन्।

बरालको अवस्थाबारे कुनै जानकारी भए तुरुन्तै वडा कार्यालय वा प्रहरी प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, सहयोग गर्न इच्छुकले बिजय बराल (९८५८०६९१००) वा कुलराज धमला (९८५८०२७३५०) मा सम्पर्क गरि खोजीमा मद्दत गर्न सम्पूर्णमा अनुरोध छ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖