• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ससुराली हिँडेका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

सुर्खेत । कालीकोट रास्कोट नगरपालिका-८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्।

बुधवार बेलुकी वडा कार्यालयको काम सकेर ससुराली जाने भन्दै घरबाट निस्किएका बराल अहिलेसम्म सम्पर्कविहीन रहेका छन्। फुकोट स्वास्थ्य चौकीका कर्मचारी कर्णप्रसाद बरालका अनुसार वडाध्यक्ष दिउँसो नगरपालिका पुगेका र त्यहाँबाट ससुरालीतर्फ हिँडेका थिए।

शुक्रवार कर्णाली नदी किनारमा बरालले लगाएको कोट फेला परेको उनले जानकारी दिए। उनका अनुसार स्थानीय, नगर प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्र पारेका छन्।

वडाध्यक्ष बराल केही समयदेखि मानसिक समस्याको उपचारमा रहेर नियमित औषधि सेवन गर्दै आएको आफन्तले बताएका छन्।

जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार प्रहरी चौकी रास्कोटको समन्वयमा सान्निगाड, मेहलमुडीलगायतका क्षेत्रमा पनि खोजी कार्य जारी छ।

बरालका एक पत्नी, एक छोरा र दुई छोरी छन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖