• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

प्रदर्शनकारीले आगजनी गरेको विशाल ग्रुपको गोदाममा शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । शवको पहिचान खुलेको छैन ।

सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖