काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका थप एक जनाको परिचय खुलेको छ ।
बानेश्वरमा गोली लागेर घाइते भएपछि ट्रमा सेन्टरमा उपचारको क्रममा १९ वर्षीय आयुष थापाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । थापा नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीका स्थानीय हुन् ।
उनी फिनल्याण्ड जाने तयारीका लागी काठमाडौँ आएका थिए ।
ट्रममा सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन ।
देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
