• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

पत्रकार कुट्ने मेयरका भाइ र कांग्रेसका वडाध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

दाङ । सल्यानका पत्रकार नोखिराम थापालाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापामाथि कुटपिट गरेको आरोपमा शारदा नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारी पक्राउ परेका हुन् ।

उनीहरूलाई आज पक्राउ गरी जिप्रकाको हिरासतमा राखेर अनुसन्धान थालिएको सल्यान प्रहरी प्रवक्ता इन्सपेक्टर बावुराम बस्नेतले जानकारी दिए ।

उनीहरूले श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा भदौ २२ गते राति ९ बजेतिर खाना खाइरहेका थापालाई कुटेका थिए । केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार लेखिएको कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको पत्रकार थापाले बताउदै आएका छन् ।

वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुन् भने भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् । कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ ।

श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेका थिए। बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖