दाङमा खोलामा डुबेर आमा-छोरीको मृत्यु भएको छ ।
लमही नगरपालिका– १ वसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिकाको खोलामा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको खोलामा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए ।
उनीहरूसँगै उनका श्रीमान् भरत पनि माछा मार्न गएका थिए ।
शुरूमा किमा खोलामा डुबेकी र उनलाई निकाल्न जाँदा छोरी पनि डुबेकी बताइएको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार, भरतले छोरी र श्रीमती दुवैलाई निकाल्न कोसिस गरे पनि उद्धार गर्न नसकेको बताएका छन् ।
