• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

नेपाली कांग्रेसबाट निर्वाचित हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट


  • धनकुटा खबर
  • .

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ।

हेटौंडा उपमहानगर २ बुद्धचोकका स्थानीय पुरूषोत्तम खड्काले उपमेयर बानियाँमाथि कुटपिट गरेका हुन्।

आइतबार बिहान उपमेयरमाथि व्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले बताए।
‘व्यक्तिगत विवादले हातपात भएको भनिएको छ,’ एसपी खड्काले भने, ‘स्थानीय पुरूषोत्तमलाई नियन्त्रमा लिएका छौं।’

स्थानीयलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। उनी २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖