सिंहदरबारसहित देशभरका प्रशासनिक भवनहरू ध्वस्त भई पुन:निर्माणमा अर्बौं रकम आवश्यक परेको अवस्थामा अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले १ लाख १०० रुपैयाँ देशलाई सहयोग गरेका छन्। टिमुर, अकबरे खुर्सानीजस्ता तरकारी खेती गरेर संकलन गरेको रकम उनले सोमबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा बुझाए।
सिंहदरवार ज’लेपछि मलाई निद्रा लागेन, यो पैसाले सिंहदरवार बनाउन थोरै भएपनि सहयोग हुनेछ, म बनाउँछु मेरो सिंहदरबार भन्ने अठोट सबैले लिनुपर्दछ र साथ दिनुपर्छ । मेरो आस्था जलेको छ, मेरो घर ज’ल्दा फरक पर्दैनथ्यो होला बरु, यति धेरै पिर पर्दैन थियो होला, म पनि नेपाली नागरिक भएको नाताले अब यो अभियान चलाउनुपर्दछ भन्ने लाग्यो उनले भने ।
“फेरि यस्तो नहोस्, म बनाउँछु सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो देश” लेखिएको ब्यानरसहित उनी जिल्ला प्रशासम पुगेका अधिकारीले भने यो सहयोग भाइरल हुनका लागि नभई श्रद्धा र आत्मशान्तिका लागि गरिएको हो।
