काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ।
यस्तै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
