धरानमा कार्यपालिका बैठक भइरहेको समयमा धरान–१७ का वडाअध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराईले नगर प्रहरीलाई जगबाट ग्लासमा पानी हाल्न लगाई पिएको भिडियो भाइरल भइरहेको छ।
यसबारेमा हामीले उहाँसँग फोन सम्पर्क गर्दा, उक्त जग केही टाढा नगर प्रमुखको नजिकै रहेकाले आफू उठेर नगर प्रमुखको छेउबाट जग ल्याउन असजिलो भएकाले नगर प्रहरीलाई ल्याउन अनुरोध गरेर ग्लासमा पानी हाल्न लगाई पिएको बताउनुभयो।
भाइरल भिडियोमा देखिएको भिडियो पूरा नभएको उहाँको दावि छ ।
